धनगढी, १७ भदौ/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कार्यरत कोरोना संक्रमण पुष्टि भएका १९ सुरक्षाकर्मी कोरोना मुत्तः भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ३५ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले संक्रमण पुष्टि भएका ३५ जना मध्ये १९ जनाले कोरोना जितेको र बाँकी १६ जनाको उपचार भईरहेको जानकारी दिए।
उनका अनुसार कैलालीका सात, कञ्चनपुरका चार, डोटीका तीन, अछामका एक र दार्चुलाका एक जनाको उपचार भईरहेको छ। बाजुराका ६, कञ्चनपुरका ५, अछामका ५, कैलालीका दुई र बैतडीका एक जनाले भने कोरोना जितेको डिआईजी सुवेदीले बताए।
