काठमाडौं। सरकारले पेट्रोलको मूल्य बढाएको छ। नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रति लिटरमा २ रुपैयाँ बढाएको हो।
अब पेट्रोलको मूल्य प्रति लिटरमा १०७ रुपैयाँ भएको छ। डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाउने निर्णय गरिएको बताए।