धनगढी, १६ भदौ/ सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सिपी अस्पतालमा कार्यरत २६ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो।
उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा बस्दै आएकी छिन्। उनी बस्दै आएको घरमा अन्यलाई संक्रमण देखिएपछि उनलाई आईसोलेसनमा राखिएको अस्पतालका सञ्चालक डाक्टर सिपी पाण्डेयले बताए।
