धनगढी, १६ भदौ/ बझाङको सदरमुकाम चैनपुरमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडीकलमा कार्यरत स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन मिलन खड्काले बताए ।
उनी केदारस्युँ गाउँपालिका ९ का २७ बर्षीया पुरुष हुन । उनि अहिले जिल्ला अस्पतालको आईसोलेशनका बसेको उनले जानकारी दिए । योसंगै बझाङमा स्थानिय संक्रमितको संख्या दुई पुगेको छ ।
यसअघि बुगंल नगरपालिकाका एक स्थानियमा संक्रमण देखिएको थियो ।
