धनगढी, १६ भाद्र-धनगढी उपमहानगरपालिका १२ जुगेडाका युवाहरु आफै सडकका खाल्डा खुल्डी पुर्ने अभियान सुरु गरेका छन् ।
बर्षातको मौसममा हिलाम्ये र खाल्डाखुडी सडक भएपछि सो क्षेत्रका युवाहरु आफै सकृय भएका हुन् ।
युवाहरुले सि गाँउ र सिदार्थ नगर जोड्ने सडकका खाल्डाखुल्डी पशुपती ईटा उद्योगका संचालक तथा युवा समाजसेवी डवल थापाको पहलमा ईटाका टुक्राहरुले सडकका खाडल पुरेर मर्मत गरिएको स्थानिय अञ्जली शाहीले बताईन् ।
गाउँमा बर्षातको मौसममा बिग्रेका र भत्केका सडकहरुलाई स्थानिय युवाहरुले मर्मत अभियान नै सुरु गरेको शाहीले बताईन् । वडा न १२ सिगाउँ र सिद्धार्थनगर जोड्ने पुल नजिकै हिलाम्य सडक मर्मत पछि सो क्षेत्रमा हिडडुल गर्न समेत सहज भएको स्थानियहरु खुशी भएका छन् ।