धनगढी, १६ भाद्र-कञ्चनपुरको कृष्णपुर नगरपालिका(२ बाणिकी २५ वर्षीया राजमती रानाले सोमवार तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन्।सेती प्रादेशिक अस्पताल धनगढीमा रानाले तीन छोरीहरूलाई जन्म दिएकी हुन।
गर्भवती भएको सात महिनामै रानाको कोखबाट तिम्ल्याहा छोरी जन्मिएका हुन्। स्त्री तथा प्रसूती रोग विभागका प्रमुख डा। खगेन्द्र भट्टसहितको टोलीले रानाको शल्यक्रिया गरी तिम्ल्याहा शिशुलाई आमाको कोखबाट निकालेका हुन्।
डा भट्टका अनुसार तीनवटै छोरीको तौल क्रमश १४ सय, १२ सय ५० र १२ सय ग्राम रहेको छ नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
