• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेसमा नेतृत्व हत्याउन आकांक्षीबीच हानथाप

काठमाडौं, १५ भाद्र- नेपाली कांग्रेसको गत असारमा बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्धारण गरेपनि पार्टीभित्रको विवाद र कोरोना महामारीले घोषित मिति आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुनेमा आशंका बढेको छ ।

महाधिवेशनकेन्द्रित संशोधित कार्यतालिकासमेत प्रभावित भएपछि घोषित मितिमा महाधिवेशन हुने सम्भावना कम हुँदै गएको हो ।तरपनि नेतृत्व हत्याउन आकांक्षीबीच हानथाप भने सुरु भइसकेको छ ।नेपाली कांग्रेसमा घोषित मितिमै महाधिवेशन हुनेमा आशंका उत्पन्न भएपनि नेतृत्वका आकांक्षीहरु आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने जोडबल गरिरहेका छन् ।

पार्टीको १४औं महाधिवेशनमा झन्डै एक दर्जन नेताले नेतृत्वको दाबी गरेसँगै कांग्रेसको इतिहासमा एउटै महाधिवेशनमा नेतृत्वमा दाबी गर्ने नेताहरुको यति धेरै संख्या सम्भवतः पहिलोपटक हो ।नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका नेताहरुले आफ्नो दाबी किन र केको लागि भनेर दृष्टिकोण प्रस्तुत गर्न सकेका छैनन् ।

वर्तमान नेतृत्वको ध्यान नेतृत्व जोगाउनेमा मात्र केन्द्रित छ भने अन्य आकांक्षी पनि आफू नेतृत्वमा किन र केका लागि भन्नेमा रणभुल्लमै छन् ।अधिकांश आकांक्षीहरुले वर्तमान नेतृत्वलाई हटाउनु, नेतृत्वको आलोचना, विरोध र पराजित गर्न सक्नुलाई नै आफू नेतृत्वमा पुग्ने योग्यता ठानेका छन् ।कांग्रेसका पुराना नेता होमनाथ दाहाल देश, जनता र कार्यकर्ताको भावना बुझ्न नसक्ने आकांक्षीहरु आफैं किनारा लाग्ने बताउनुहुन्छ ।

आगामी महाविधेशनबाट नेतृत्व लिने आकांक्षा बोकेका युवा नेताहरुले पनि विचार, नीति, योजना र कार्यक्रमलाईभन्दा नेतृत्वमा मात्रै जोड दिएका छन् ।उमेर ढल्केका नेताहरुबाट पार्टीको पुनर्ताजकी सम्भव नभएको भन्नेबाहेक पार्टीलाई माथि उठाउने ठोस योजना र कार्यक्रम युवा नेताहरुले पनि प्रस्तुत गर्न सकेका छैनन् ।तर, नेता दाहाल उमेरलेमात्र युवा नभइ विचार र कार्यदिशा दिन सक्नुपर्ने बताउनुहुन्छ ।

नेतृत्वका लागि कतिपय आकांक्षीहरुले विरासतको सहारा पनि लिएका छन् । उनीहरुसँग पनि कांग्रेसलाई नयाँ दिशामा डोरयाउने नीति तथा कार्यक्रम र जनताका समस्यासँग जुध्ने कुनैपनि दीर्घकालीन योजना छैन ।नेतृत्वका आकांक्षीहरु पनि वर्तमान नेतृत्वलाई हराउने एजेन्डाकै वरिपरि रुमल्लिएका छन् । राजनीतिमा विरासतलेमात्र काम नगर्ने धारणा राख्नुहुन्छ, नेता दाहाल ।

आकांक्षीहरुले विचार, सिद्धान्त र कार्यदिशाभन्दा व्यक्तिगत महत्वाकांक्षालाई जोड दिएका छन् । अहिले कांग्रेस वैचारिक,राजनीतिक, सांगठनिक र कार्यदिशाविहीन छ ।यस्तो अवस्थामा नेतृत्वका आकांक्षीहरु सांगठनिक सुधार, वैचारिक बहस र आगामी कार्यदिशाकाबारेमा बहस गर्नुको सट्टा नेतृत्वको विरोध गरेर आफ्नो प्रचार गर्नमा केन्द्रित देखिएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र देखिएको व्यक्तिकेन्द्रित होडबाजीले नेतृत्व परिवर्तन त होला तर वैचारिकरुपमा कांग्रेसलाई स्पष्टता पार्ने सवालमा भने फेरि पनि प्रश्न उठिरहनेछ ।

मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.