• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बेपत्ताका परिवारको गुनासो : कि मान्छे देखाऊ, कि किरिया गर्न देऊ

" बर्दियाबाट मात्रै २ सय ६६ पीडितले दिए उजुरी विमला ढकाल "

बर्दिया, १५ भदौ/ झण्डै १९ वर्षअघि आफ्नो श्रीमान् गुमाएकी बर्दियाको ठाकुरबाबाकी जयन्ती शाही अझै पनि श्रीमान् फर्केर आउँछन् कि भन्ने आसमा हुन्छिन्। ‘गाउँको बाटो भएर कोही मानिस आउँदा पनि उनको मुहारमा कतै आफ्नै श्रीमान आए कि भन्ने आशा पलाउँछ। उनी हत्तपत्त दैलोमा पुग्छिन्। खबर केही आयो कि भन्ने आसमा केही क्षण उत्साहित पनि हुन्छिन्। तर अहिलेसम्म उनको श्रीमानको कुनै खबर छैन। २०५८ सालमा देशमा माओवादी सशस्त्र विद्रोह चलिरहेका बेला किनमेलका लागि स्थानीय बजार ठाकुरद्धारा गएका जयन्तीका श्रीमान् त्यहीँबाट बेपत्ता भए। अझैसम्म पनि उनको अत्तोपत्तो छैन।

माओवादी सशस्त्र विद्रोहका बेला २०५८ सालमा तत्कालिन नेपाली सेनाले उनका श्रीमानलाई बजारबाटै समातेर लगेको भन्नेसम्मको खबर जयन्तीले गाउँलेबाट सुनेको बताउँछिन्। लामो समयको खोजेपछि राज्यले उनको श्रीमानलाई बेपत्ताको सुचीमा राखेको छ। राज्यले उनको श्रीमानलाई बेपत्ता भनेपछिका पछिल्ला वर्षमा आर्थिक समस्या मात्रै होईन सामाजिक समस्या र मानसिक तनाव उनले बेहोर्नु परेको छ।

जंगल नजिकको ऐलानी जग्गामा उनको घर छ। त्यही ऐलानी जग्गामा खनजोत गरेर जेनतेन परिवारको गुजारा चलाएको उनी बताउँछिन्। राज्यको तर्फबाट पटकपटक गरि पाएको १० लाख रुपैयाँ सहयोगले अहिलेसम्म जेनतेन घर चलेको जयन्तीले बताइन्। जमुनादेवीको पनि उस्तै पीडा उनी जस्तै जमुनादेबी बुढाले पनि श्रीमान् पर्खेको दशकौँ भइसक्यो।

२०५८ सालमा सेनाले बेपत्ता पारेको भनिएका बर्दिया ठाकुरबाबा ८ सुतैया गाउँकी जमुनाका श्रीमान अमरबहादुरको अवस्था पनि अझै अज्ञात छ। न लाश छ, न सास छ, अहिलेसम्म बेपत्ता पारिएका आफ्ना श्रीमानको कारण तनावमा परेकी जमुना भन्छिन्। ‘कि त आफ्नो मान्छे देख्‍न पाउनुपर्‍यो, कि त किरिया गर्न पाउनुपर्‍यो’ उनले भनिन्। यी त केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् उनीहरू जस्ता सास र लाशको आशमा बस्ने पीडितहरु नेपालमा धेरै छन्। उनीहरुको जस्तै चर्को दुःख छ, कतिपय बेपत्ताका श्रीमतीलाई।

यसरी बेपत्ता पारिएका मानिसका आफन्त र परिवारमा काजकिरिया गर्न नपाउनुको अन्योल त छँदैछ, अर्कातिर सामाजिक कलह पनि निम्त्याएको छ। ‘आफन्त बेपत्ता भएको पीडा त छँदैछ, बेपत्ता पारिएका श्रीमान् र आफन्तको खोजीमा उनीहरुले समाजबाट अनेक भनाई खानु परेको छ। बढी बेपत्ता हुनेमा बर्दिया द्वन्द्वमा सबैभन्दा बढी नागरिक बेपत्ता भएको जिल्लामा बर्दिया पर्छ।

बेपत्ता आयोगमा बर्दियाबाट २ सय ६६ जना पीडितले उजुरी दिएका जनाइएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्यांकअनुसार २०५२ साल फागुनदेखि २०६३ सम्ममा बर्दियामा २७६ जना नागरिक बेपत्ता भए। आफ्ना परिवारका सदस्य बेपत्ता हुँदाको पीडा मात्र होइन, बेपत्ताको परिवारमा सामाजिक, आर्थिक र मानसिक समस्या थपिँदै गएको छ। २०५८ सालमै सेनाले बेपत्ता पारेको भनिएका ठाकुरबाबा नगरपालिका ४ बगनाहाका धामु चौधरीकी श्रीमती पानु चौधरीको छिमेकीका फत्तुरे टीकाटिप्पणीबाट मन आहत छ।

बर्दियाका बेपत्ता पीडित परिवारका सदस्यहरुले लामो समयदेखि सरकारले वेपत्ताहरुको अवस्था सार्वजनिक नर्गदा आफुहरुमा मनोसामाजिक समस्या देखिन थालेको समेत बताएका छन्। बेपत्ताहरुको अवस्था सार्वजनिक नगरेर सरकारले आफूहरुलाई झनै पीडा थपेको पीडितहरुको आरोप छ। बेपत्ता पारिएका व्यक्तिहरुलाई राज्यले शहीद घोषणा गरिदिए आफूहरू सामाजिक तथा मानसिक तनावबाट मुक्त हुने पीडितहरुको भनाइ छ।

बर्दियामा बेपत्ता हुने सबै २ सय ७६ परिवार र मृत्यु भएका ३ सय ९९ परिवारमध्ये अधिकांश परिवारसहित देशैभरका पीडित परिवारले उनीहरुको जस्तै अवहेलना पीडा र कलह भोग्नुपरेको छ। सरकार आफ्नो स्वार्थमै अल्मलिएका कारणले पनि बेपत्ता परिवारका समस्या समाधान गर्न सकिरहेको छैन।

सशस्त्र द्धन्द्धका क्रममा बेपत्ता छानविन आयोगमा पीडित परिवारले दिएको उजुरी अनुसार नेपालभर ३ हजार २ सय २० जना व्यक्तिलाई बेपत्ता पारिएको छ। आयोगमा उजुरी परेका २ हजार ५ सय २९ जनाको अनुसन्धान भइरहेको छ।

सोमबार, भदौ १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.