काँग्रेसका जिल्ला सभापति हरि प्रसाद बोहराले विज्ञप्ती जारी गर्दै विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले चरम लापरबाहीले जनतालाई असहजा आएको भन्दै असन्तुष्टि पोखेका छन् ।
विद्युत प्राधिकरणमा आएका नयाँ प्रमुख मनोज कुमार शर्माले सुधारको थालनी गरेका छन् । यस अघिका कार्यालय प्रमुख जङ्ग बहादुर चन्दले कार्यालयलाई सञ्चालन गर्न नसक्दा असहजता देखिएको थियो ।
उनी गएपछि आएका शर्माले अहिले विद्युत महसुल बुझाउने कार्यलाई व्यवस्थित गरेका छनु । चन्दको पालामा महसु्ल बुझाउने भीड कार्यालय ढोकासम्मै पुग्ने गरेको थियो ।
भीमदत्त नगरपालिका १ का एक एक जनाको अस्वभाविक महसुलमा मुछिएपछि चन्द तनावमा परेका थिए । उनको कार्यकालमा सरकारले घोषणा नगरेको सहुलित पनि पाउन नसकेको भन्दै ग्राहकरु दैनिक रुपमा कार्यालय जाने गरेका थिए ।
काँग्रेस सभापतिले विज्ञप्तिमा भनेका छन्,‘आर्थिक गतिविधिमा भईरहेको नकारात्मक असरले सर्वसाधारणको दैनिक जिवनयापन गर्न र हातमुख जोड्ने समस्या झन जटिल भईरहेको छ ।
बन्दाबनदीको कारण नागरीक आफ्नो कार्य स्थलमा आवत जावत गर्न पाईरहेका छैनन् । यस्तो अवस्थामा नेपाल विद्मुत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरबाट सेवाग्राहीलाई भईरहेको अमानविय कार्यले जन आक्रोस बढाउने कार्यमा मलजल गरिरहेको छ ।’
बन्दाबन्दीको कारण देखाई सेवाग्राहीको घरमा नगई आफु खुसी मिटरमा हुदै नभएको अंक राख्ने, अझै उतm अंकमा थप जरिवाना लिने कार्यको पनि विरोध गरिएको छ ।
महशुल बुझाउन जाने सेवाग्राहीको भिडभाडलाई विद्मुत प्रधिकरले व्यवस्थित गर्नु पर्नेमा सामाजिक दुरी समेत कायम नगरेको देखिदा जनमानसमा झन त्रासको वातावरण सिर्जना भएको छ ।
‘यस्तो अवस्थामा प्रधिकरणले नाफामुखी मात्र नभई सेवाग्राहीको मार्कालाई दृष्टिगत गदै वर्तमान परिस्थितिमा सहज ढङगले महशुल बुझाउने वातावरण सृजना गर्न माग गरिएको छ ।
