भोज मन्नी, मसुरिया १४ भाद्र/ कान्द्रा नदीमा बाढीले जंगल किनारको जमिन कटान गरि हरिया रुखहरु ढलेपछि दिनहुँ काठको गोलिया चोरी हुन थालेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–९ शिवशंकर सामुदायिक वनमा रहेको तल्लो तटीय क्षेत्रमा कान्द्रा नदी छेउका हरिया रुखहरु ढलेपछि दिनहुँ चोरी हुन थालेको हो ।
घोडाघोडी नगरपालिका–९ शिखरझाला गाउँका स्थानीय बासिले ढलेका हरिया रुखहरु काटेर गोलिया बनाइ दिनहुुँ चोरी गर्न थालेका हुन् ।
निषेधाज्ञाको मौका छोपी त्यस क्षेत्रका बासिन्दाहरुले पुरुष र महिलाहरुको समूह बनाएर दिनहुुँ जसो काठका हरिया गोलिया चोरी गर्ने गरेका छन् । शिवशंकर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, चोरी शिकार नियन्त्रण दल र उपभोक्ताहरु गस्तीमा गएको टोलीले काठका हरिया गोलिया काटेर लैजान लागेको कान्द्रा नदीमा देखेपछि चोरीगर्ने समूह भागेका थिए ।
नदीमा बाढी आएको समयमा डोरीले बाँधेर बगाउदै लैजान लागेको देखेपछि चोरीशिकारी नियन्त्रण दलका सदस्य बल बहादुर बोहरा नेतृत्वमा गएको समूहले रेन्ज पोष्ट बन कार्यालयलाई जानकारी गराइ आज दिउँसो हरिया १४ गोलिया काठ बरामद गरि सामुदायिक वन कार्यालयमा संकलन गरेको वताए ।
काठ दिनहुुँ चोरी हुन थालेपछि सामुदायिक वनका पदाधिकारी र चोरीशिकारी नियन्त्रण दलका सदस्य र उपभोक्ताहरुले वन कार्यालय मसुरियालाई जानकारी गराइ आइतबार १४ गोलिया काठ बरामद गरि सामुदायिक वनले संकलन गरेको अध्यक्ष नन्दा देवी भट्टले जानकारी दिइन् । यस अघि धेरै अनि पटक( पटक चोरी हुने गरेको छ । बरामद गरि संकलन गरि मुचुल्का उठाइ सुरक्षित राख्नुपर्ने रेन्ज पोष्ट मसुरियका प्रमुख सचिदानन्द सिहंले बताए ।