धनगढी, १४ भदौ/ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गौरीफन्टा नाकालाई व्यवस्थित रुपले सञ्चलन गर्ने भन्दै अबैध खोका छाप्रा हटाउन निर्देशन दिएको छ ।
प्रशासनले आइतबार दिउँसोसम्म खोकाछाप्रा भत्काउन आग्रह गरेकाले सबै व्यापारीहरुले खोका छाप्रा भत्काउन सुरु गरेका छन् ।
एक हप्तादेखि गौरीफन्टा नाका आफ्नो मातहतमा आएकाले सीमानाकालाई व्यवस्थित बनाउन, सुरक्षा व्यवस्था प्रभावकारी बनाउन र उक्त क्षेत्रमा विभिन्न खालका गलत क्रियाकलाप पनि हुने गरेकाले खोकाछाप्रा हटाउन निर्देशन दिईएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिए ।
विगत लामो समयदेखि पानी बेचेर आफ्नो परिवारको गुजारा चलाईरहेको बेला यस्तो विषम परिस्थितिमा आफ्नो आयस्रोत नै गुमेको पुनर्वास नगरपालिकाकी राधा थापाले बताईन् ।
आफूहरुले नै सीमाको सुरक्षा गरिरहेका भन्दै अहिले यहाँबाट खोकाछाप्रा हटाउनु भनेको पछि भारतले यता पनि हस्तक्षेप गर्ने स्थानीयहरुले बताएका छन् ।