धनगढी १४ भदौ/ प्रदेशको अर्थ विकास तथा प्राकृतिक समितिद्धारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिले प्रदेशका पहाडी ७ जिल्लाको स्थलगत निरीक्षण गरेको छ । समितिले भाद्र ७ गतेदेखि दुई टोली बनाएर बाढी, पहिरो तथा विकासे योजनाहरुको निरीक्षण गरेको हो ।
डडेल्धुराको आलिताल गाउँपालिकाबाट निरीक्षण सुरु गरेको प्रदेशको संसदीय समितिले हिमाली जिल्ला दार्चुला, बझाङ, बैतडी, बाजुरा, अछाम, डोटी जिल्लाको स्थलगत निरीक्षण गरेर फर्किएको हो ।
समितिका सभापति हर्क कुँवरको नेतृत्वमा समितिका सदस्य भरत खड्का, बलबहादुर सोडारी, अम्मर साउँदले डोटी, अछाम र बाजुरा जिल्लाको निरीक्षण गरेका हुन् भने पुर्व सामाजिक विकास मन्त्री तथा समितिका सदस्य दीर्घ सोडारीको नेतृत्वमा डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लाको स्थलगत अनुगमन गरीएको हो ।
समितीले प्रकाृतिक विपत्तीले निम्त्याएको समस्या, मानविय क्षति, धनजन, पशुचौपाए, अन्नबाली,सडक पुलपुलेसा र पहिरोका कारण जोखीमा परेका समुदाय र वस्तीहरुको तथ्यांक संकलन गरेको छ । समितिले जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न विकासे कार्यालयका प्रमुख विभिन्न दलका प्रमुख नेता तथा स्थानीयहरु संग छलफल समेत गरेको छ ।
छलफलको क्रममा बाढी, पहिरोको उच्च जोखीममा रहेका गाउँ तथा बस्तीनै स्थानान्तरण गर्नु पर्ने, तत्कालका लागि राहत तथा उद्धारमा सरकारलाई छिटो खट्नको लागि झकझकाउनु पर्ने महत्वपुर्ण सुझावहरु सरोकारवालहरुले दिएका छन ।
टोलीले निरीक्षण गरेका अधिकांश स्थानहरु बाटोको नाममा जथाभावि डोजरले खनेर निर्माण गरिएका सडक भत्कीएर पहिरो र बाढी आएको पाइएको छ ।
प्रदेश सरकार र स्थानीय सरकारले बाताबरणीय प्रभाव मुल्यांकन नगरी सडकमा करोडौं बजेट खर्च गर्न प्रयोग गरीएका डोजरहरुले समस्या निम्त्याएको डडेल्धुरा नेकपाका अध्यक्ष मान सिंह मालले बताए ।बाताबरणीय प्रभाव मुल्यांकन गर्न झन्झटीलो तथा लामो प्रक्रीया भएको भन्दै स्थानीय तह तथा प्रदेशका बजेट कार्यन्वयन गराउने इकाइहरुले जथाभावि डोजर चलाउन परीरहेको स्थानीय जनप्रतिनिधिहरुले गुनासो गरे ।
बाताबरणीय प्रभाव मुल्यांकन प्रदेश सरकारले गर्ने की, केन्द्र सरकार वा स्थानीय सरकारले गर्ने भन्ने विषयमा अझै दुविधा रहेको अमगढी नगरपालिकाका प्रमुख विपिन ओझाले बताए । उनले प्रदेश सरकार र स्थानीय सरकारको समन्वय अभावका कारण समेत यो समस्या आउन थालेको बताए । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सडक निर्माण विशेष ध्यान दिनु पर्ने सुझाव दिए ।
४ जिल्लाको समितिको तर्फबाट नेतृत्व गरेका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सडकलाई मात्रै विकास देख्ने प्रबृत्तिले यस्तो समस्या निम्त्याएको बताए । निरीक्षणको क्रममा भएका अधिकांश छलफलमा सोडारीले समितिले डोजर आतंकले पारेको असर बारे सम्बन्धीत मन्त्रालय लाई सुझाव सहित निर्देशन दिने जानकारी दिए ।