धनगढी, १३ भदौ/सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ। निवासमा कार्यरत भान्सेकी २८ बर्षीया श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । उनका श्रीमानमा भने संक्रमण देखिएको छैन्। उनको परिवार वडा नम्वर ४ मै डेरा गरी बस्दै आएको छ।
यसअघि मुख्यमन्त्रीका सवारी चालकमा पनि संक्रमण देखिएको थियो भने उनको सम्पर्कमा आएका मुख्यमन्त्री सहित ८३ जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीका परिवारका सदस्यको समेत कोरोना परीक्षण गरिएको हो ।