धनगढी, १३ भदौ/ डोटीको बोगटान फुडशिल गाउँपालिकामा बाघले आतंक मच्चाएको छ। गाउँपालिका–६ पलाडीमा बाघले आतंक मच्चाएको हो ।
शुक्रबार राती बाघले स्थानीय दिल बहादुर बोगटीको खोरका १६ वटा बाख्रा मार्नुका साथै तीन बाख्रा बेपत्ता भएका छन्।
शुक्रबार राती बाघले खोरमै पसेर बाख्रा आक्रमण गरि मारेको बोगटीले बताए ।
सबै बाख्रा बाघले खोरमै आएर आक्रमण गरी मारेको उनको भनाइ छ। रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थालेकाले स्थानीय त्रसित भएका छन्।
