धनगढी, १३ भदौ/जिल्ला सुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ। यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएकोमा सुरक्षा समितिको बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो। उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले आज आदेश जारी गर्नेछन्।
कोरोना भाईरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो। लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेशनै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताउँदै आएको छ।