बझाङ, १२ भदौ/ नेपाली कांग्रेस नेता सत्यराज भण्डारीमाथि दुव्र्यवहार भएको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति र मष्टा कार्यसमिति छुट्टा छुट्टै विज्ञाप्ती प्रकाशित गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङका पूर्व पार्टी सभापति तथा संविधान सभा सदस्यका उम्मेद्वारसमेत रहेका नेता सत्यराज भण्डारीमाथि दुव्र्यवहार भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति र मष्टा कार्यसमितिले प्रेस विज्ञप्ती निकालेका हुन् ।
थलारा गाउँपालिका वडा नम्बर २ दंगार्जीमा कांग्रेस संगठन विस्तारका क्रममा त्यहाँका स्थानीय तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता रबि खड्का नाम गरेका व्यक्तिले दुव्र्यवहार गरेको नेपाल विद्यार्थी संघद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
ती व्यक्तिले नेता भण्डारीमाथि धम्की पूर्ण भाषा प्रयोग गरी अभ्रद्र व्यवहार गरेको कुरा सामाजिक सञ्जालमा सुन्नमा आएको र नेपाली कांग्रेस यति बेला कोरोना महामारी रोकथाम तथा जनताको सेवाको लागि रचनात्मक भूमिकामा रहेका बेला सत्ताको आडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि गरिने दुव्र्यवहारप्रति नेपाल विद्यार्थी संघ घोर भत्र्सना गर्दछ नेपाल विद्यार्थी संगठन जिल्ला कार्यसमिति र मष्टा गाउँपालिका कार्यसमितिद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
