काठमाडौं, १२ भदौ/ उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ। शुक्रबार दिउँसो करिब १ बजेतिर आफू पिसिआर जँचाउँदा कोरोना पोजिटिभ पाइएको जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत यसबारे जनाएका हुन्। उनले अंग्रेजी भाषामा आफूमा कोरोना भएको लेखेका छन्। ुप्रिय मित्रहरू र शुभचिन्तकहरू मैले आज बिहान पिसिआर टेस्ट गराएँ।
जसअनुसार कोरोना पोजेटिभ पाएको छु। भगवानको अनुग्रहबाट ममा अहिलेसम्म कुनै लक्षण देखापरेको छैन।ु
उनले ट्विटरमा भनेका छन्, ुम डाक्टरको सल्लाहअनुसार अलग बसेको छु।ु साथै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका छन्।
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण