धनगढी, ११ भदौ/ कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकामा बिहीबार उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका बताइएको छ।
मृतकमध्ये बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जयबहादुर महराले बताए।
मधुमेह, उच्च रक्तचाप र ज्वरोको समस्या भएकी ६५ वर्षीय भण्डारीको उपचारका क्रममा तथा २१ वर्षीय प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ उनले स्पष्ट पारे।
शाखा प्रमुख महराका अनुसार उच्च ज्वरो देखिएका अन्य ४ जनालाई कैलालीको धनगढी उपचारका लागि पठाइएकोमा केही निको भएर घर फिर्ता भएका छन् केही उपचारका क्रममा रहेका छन्।