• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रोगभन्दा भोक ठूलो, खाद्यान्न सकिएपछि गाउँ घुम्न बाध्य

बझाङ, ११ भाद्र/ ‘घरमा एक मुठ्ठी अन्न छैन, खेतबारीमा लगाएको धान, कोदो र मैकै पाक्ने समय भएको छैन। किन्नलाई पैसा छैन, साहुले उधारो दिँदैनन्,’ कोरोना भारइसभन्दा ठूलो भोक ठानेर रोगको प्रवाह नगरी आफ्नै हातले बुनेका डोका बोक्दै घर दैलोमा बेच्न हिँडेको मष्टा गाउँपालिका–२ तुतिकी ४३ धनसारा बोहराको दुखेसो छ, ‘कोरोना लागेर मान्छे मरेको खबर नसुनेको पनि होइन। गाउँमा कोरोनाको त्रास छ। रोग लाग्ने डर मानुँ भने खानलाई अन्न छैन।’ उनले आलु र फर्सी खाँदै चार दिन कटाएको भए पनि त्यो पनि सकिएपछि सातजनाको परिवारमा केही खानेकुरा नभएको बताइन्। उनले भनिन्, ‘सापटी माग्दा कसैले पत्याउँदैन, गाउँमा अन्य रोजगारी छैन।’

विकटको गाउँमा उब्जनी पनि राम्रो हँुदैन। गाउँमा रोजगारी नपाइए पनि गएका वर्षमा लेकमा गएर जडिबुटी संकलन गरेर खाद्यान्न र औषधि उपचारका लागि खर्चको जोहो गर्दै आएको भए पनि यो वर्ष गाउँपालिकाले लेकमा जान रोक लगाएपछि आम्दानीको बाटो बन्द भएको स्थानीय बीना धामीले बताइन्। उनले भनिन्, ‘हामी गरिबका लागी सरकार छैन। हुने खाने र पुहँचबालाको हालीमुहाली छ। चुनावको समयबाहेक अन्य समयमा हामीसँग पीडा बुझ्न कोही आउँदैनन्।’ उनले पहिरोले आफ्नो गोठ र कोदो बाली बगाउँदासमेत कसैले चासो नदिएको बताइन्। उनले भनिन्, ‘आफ्नो ज्यान जोखिममा राखेर भए पनि परिवार पाल्न कहिले जंगल त कहिले सहर र गाउँ डुल्नुपरेको छ। खेतबारीबाट उब्जेको अन्नले तीन महिना पनि खान पुग्दैन।’

बझाङमा कोरोना पोजेटिभको संख्या ३ सयभन्दा बढी पुगेको छ। तर गरिबको चुह्लो नबोलेपछि उनीहरू रोगको वास्ता नगरी गाउँ घुम्न थालेका छन्। कोरोनाका कारण चैतदेखि विद्यालय बन्दा हँुदा स्कुले बालबालिकासमेत आमासँगै डोको बिक्रीका लागि गाउँगाउँ जाने गरेको उनीहरूको भनाइ छ।

धनसरा र बीना त उदाहरण मात्र हुन्। उनी जस्तै धेरैजना जंगलबाट निगालो ल्याउने र घरमा आए आफू वा परिवारको सहयोगमा डोका, डालालगायतका सामग्री बनाएर जीविका गरिरहेका छन्। उनीहरूलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै पनि सहयोग गरेको छैन। जसका कारण उनीहरूमा गाउँ डुल्दा कोरोनाले नभेट्ला भन्न सकिँदैन। जिल्ला प्रशासन र स्थानीय सरकार थलारा गाउँपालिकाले वडा नम्बर ५ र केदारस्यु गाउँपालिकाले ६ र ७ लाई साउन १८ देखि ३२ सम्म प्रतिबन्ध गरेको थियो। जिल्लामा रोगारीका लागि भारत गएका बझाङवासी विभिन्न नाका भएर अहिलेसम्म १२ हजारजना जिल्ला भित्रिइसकेको र उनीहरूका कारण कोरोना रोगको खतरा निकै बढेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले बताए। जगत खड्का/नागरिक

बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.