धनगढी, ११ भदौ/ धनगढीको एकै बैँकका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीको सिभिल बैँकका तीन जना कर्मचारीमा बुधबार कोरोना पुष्टि भएको हो।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बुधबार धनगढी प्रयोगशालामा कोरोना पुष्टि भएको १५ जना मध्ये तीन जना सिभिल बैँकका कर्मचारी रहेको बताए।
यस्तै रिलायन्स इन्सोरेन्सका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। यसअघि धनगढीको ग्लोबल आईएमई बैँक र सानिमा बैँकका कर्मचारीमा कोरोना पुष्टि भएको थियो।
यो सँगै धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ४९ पुगेको छ। यस्तै मंगलबार थपिएका मध्ये एक जना अझै सम्पर्कमा आएका छैनन्।