धनगढी १० भाद्र- निसर्ग अस्पतालमा उपचार भैरहेका व्यक्तीको कोरोना पुष्टी भएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराईसकेको उनले जानकारी दिए । मंगलवार साँझसम्म उनको धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेको थियो भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलवार मात्रै साउन ३२ गते मृत्यु भएका कैलालीकै पुरुषमा पनि कोरोना पुष्टि भएको थियो।