धनगढी, ९ भदौ/ मंगलबार सेती प्रादेशिक अस्पतालका थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा थप चार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको भएको सेती अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यो संगै सेती अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिनेको संख्या ९ जना पुगेको छ । सोमबार धनगढी उप–महानगरपालिका–१ मा बस्दै आएकी ३० बर्षीया एक स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । यसअघि सेती अस्पतालका १ स्वास्थ्यकर्मी र ३ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।
सेति अस्पतालका थप चार स्वास्थ्यकर्मीमा कोरोना
सेति अस्पतालका थप चार स्वास्थ्यकर्मीमा कोरोना