काठमाण्डौ ९ भाद्र- काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा पाँच पुरुष र तीन महिलाको मृत्यु भएको बताए ।
प्रवक्ता शर्माका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४, ६६ वर्षीय पुरुष, सिराहका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीया, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ ।
