• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नागरिकलाई निषेधाज्ञाले सास्ती, माननिय ज्यु भने भिडभाड गरी गोष्ठीमै व्यस्त

बझाङ, ९ भाद्र- सुदूरपश्चिममा ट्राभल हिष्ट्री नै नभएको व्यक्तिमा कोरोना संक्रमण देखिएको भन्दै विभिन्न स्थानीय र जिल्लामा निषेधाज्ञा जारी गरेको छ । नागरिकहरुलाई अतिआवश्यक काममा पनि सडकमा आएमा प्रहरी प्रशासनले जरिवाना तिराउने गरेको छ । तर, सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति भने विभिन्न जिल्लामा पुगेर छलफलमा व्यस्त रहेको छ ।

प्रदेशका डडेल्धुरा, बझाङ, अछाम लगायतको क्षेत्रमा अनुगमन तथा जिल्लाका समस्याको वारेमा जानकारी बुझन् भन्दै भेल तथा छलफल गर्ने गरेको छ । बझाङको विकास निर्माण साथै विपद्को अवस्था र कोभिड–१९ को अवस्थालाई बुझ विस्तार गर्न सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य दीर्घ सोडारीको नेतृत्वमा टोली बझाङ पुगेको छ ।

डडेल्धुराको आलितालको विवादित सडकको अनुगमन गरी संसदीय टोली सोमबार दिउसो बझाङ चैनपुर पुगेपछी जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु संग भेटघाट तथा कार्यालयमा भएको प्रगति र काम गर्दा देखेका समस्याका बारेमा छलफल गरेको छ ।जिल्ला प्रशासन कार्यालयमा भएको उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लाको शान्ति सुरक्षा विकास निमार्णका साथै बाढी पहिरोबाट भएको जिउधनको क्षति बारे टोलीलाइ जानकारी गराएका थिए । साथै जिल्ला स्वास्थ्य कार्यालयले कोभिड–१९ को असर प्रभाव र त्यसको ब्यवस्थापनको बारेमा भैरहेको प्रयास बारे जानकारी गराएका थिए ।

संसदीय दलसंग भएको बैठकमा जिल्लाका सिँचाइ डिभिजन कार्यालय, खानेपानी, कृषि ज्ञान केन्द्र, पशु कार्यालय, सडक, पुर्वाधार लगायतका कार्यालयका प्रतिनिधिहरुले आफ्नो कार्यालयबाट भए गरेका कामको बारेमा जानकारी गराएका थिए ।टोली संग अन्य सांसद अक्कलबहादुर रावल, पुर्णा जोशी, महेश दत्त जोशी, प्रेमप्रकास जोशी र गेल्बु सिंह बोहरा पनि रहेका छन् ।

साथै संसदीय टोली संग भएको पत्रकार सम्मेलनमा समेत आयोजना गरेका छन् । संसदीय टोलीले मंगलबार सेती नदीले कटान गरेको भोपुर क्षेत्रका साथै नदी किनारमा गरेका तटबन्दनका योजनाहरुको पनि अनुगमन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारको संसदीय समितिको दुइ वटा टोली बनाइ सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जिल्लाको बस्तु स्थिति बुझ्न र केहि प्रदेश सरकारका योजनाहरु अनुगमन गर्न भ्रमण गरि रहेको टोलि प्रमुख दिर्घ सोराडीले जानकारी दिए । उनले स्थलगत भ्रमणमा देखे बुझेका र सुनेको कुराहरुको प्रतिवेदन बनाइ प्रदेश सरकार लाइ सुझाव दिने वताए ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क कुँवरले दुई टोलि बनाएर प्रदेशका जिल्लाको विपद्को अवस्थामा अध्ययन तथा बुझ् विस्तार गर्न आएको बताए । ‘प्रदेशका ९ जिल्लाको प्राकृतिक स्रोत साधन र बाढी, पहिरोको अवस्थाका अध्ययनका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको दुई टिम फरक–फरक जिल्लामा गएको हो’ समितिका सभापति हर्क कुँवरले भने । ‘माननीय दीर्घ सोडारीको नेतृत्व र मेरो नेतृत्वमा फरक–फरक जिल्लाको अनुगमन गर्ने छ ।’

मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.