धनगढी, ८ भाद्र- कैलालीको धनगढी उपमहानगरपालिका ११ जोकहियाका महेश तिरुवालाई अण्डा चोरेको आरोपमा निर्घात कुटपिटबाट घाईते भएका छन् ।
भाद्र ६ गते सोही स्थानमा बिकेक पोल्ट्री फर्ममा अण्डा किन्न गएका तिरुवालाई चोरी गर्न आरोप लगाएर उनलाई कुटपिट गरेको घाईतेकी बहिनी जानकी तिरुवाले जानकारी दिए । घाईते तिरुवाको टाउको र शरिरमा गम्भीर भएका छन् ।
‘अण्डा किन्न गएका तिरुवालाई नियन्त्रण गरी रातभर कुटपिट गरी बिहान मात्रै घटना सार्बजनिक भएको थियो’ घाईतेकी बहिनी जानकी तिरुवाले भनिन् –‘गम्भीर घाईते भएका दाजुको उपचार भईरहेको छ ।’ नियन्त्रण गरी रातभर पोल्ट्री फर्ममै राखेर कुटपिट गरी बिहान मात्रै घटना भएपछि प्रहरीलाई खबर गरेको घाईते तिरुवाका आफन्तले बताएका छन् ।
बिवेक फोल्र्टी फर्मका संचालक बिवेक भट्टले भने कम्पाउन्डको जाली तोडेर खोरमा प्रबेश गरी कुखुरा चोर्न लागेको कारण कुटपिट गरेको बताएका छन् । घाईतेको उपचार धनगढीको नोभा हस्पिटलमा भैरहेको छ ।
