धनगढी, ८ भदौ
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले सुदूरपश्चिमेलीहरुको धार्मिक तथा ऐतिहासिक गौरापर्व २०७७को अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
सुदूरपश्चिममा मनाउने गौरापर्वले आपसी सम्वन्ध र सद्भावलाई थप बलियो बनाउने छ । धनगढी उपमहानगरपालिकाले सबै जातजाती, भाषा भाषीका चाडपर्वलाई समान प्राथमिता दिदै आएको छ , नगरप्रमुख वड र उप–प्रमुख भट्टले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
सन्देशमा अहिले कोरोना महामारीको संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निशेधाज्ञाको पालना गर्न र चाडपर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्दै घरभित्र मात्रै मनाउन नगरवासीमा आग्रह गरिएको छ ।
