धनगढी, ८ भदौ/ धनगढीमा पूर्ण तह कानुन लागु हुन सकेको छैन । अहिले कोरोना महामारीको संक्रमण विश्वव्यापारी फैलिरहेको बेला परिचालन गरिएका प्रहरीले पनि सुरक्षित बस्नु छ । कानुन पुर्ण रुपमा प्रहरी कार्यालय बाटै लागु गराउन सकिएको छैन् ।
परिचालन गरीका प्रहरीलाई व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध नगराईदा जटिल अवस्थामा प्रहरीले पछाडी सर्नुपर्ने अवस्था आउँछ । प्रहरी परिचालन गरिँदा उसको व्यक्तिगत जीवन लाई पनि मध्यनजरता गरिनु पर्छ । तर बन्दाबन्दी पूर्ण रूपमा कार्यान्वयन गराउन प्रहरी नै अग्र मोर्चामा छ ।
सडकमा हिन्नेमाथी सोधपुछ बढाउनु फर्ज प्रहरीको । तर महामारीको सिकार बनेका व्यक्ती पनि सोही सडक भएर जान सक्ने हुँदा उसमाथि सोधपुछ गर्न प्रहरी सँग व्यक्तिगत सुरक्षा सामाग्री नै छैन। त्यस्तो अवस्थामा सङ्क्रमित भए नजिकमा गाडी रोकाउन पुगेका प्रहरी पछाडि हटी, ‘जाउ भनी पठाउँछ ।
