• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घर फर्किन पाएनन् भजनीका बाढी पीडित

धनगढी,०७ भाद्र- बाढीले विस्थापित भएको तिन साता सम्म पनि भजनी बासी पुनर्स्थापित हुन सकेका छैनन् । उनीहरू साउन १४ गतेको बाढीले विस्थापित भएका पाँच सयभन्दा बढी बाढीपीडित परिवार यति बेला मोहन्याल सामुदायिक वनको ऐलानी जग्गामा बसिरहेका छन् ।

सरकारले चासो नदिँदा अझै घर फर्कने अवस्था नरहेको वडा नम्बर ३ का स्थानीय रमेश जैशीले बताए । ‘बाढीले घर नै डुबाएपछि मुस्किलले ज्यान जोगाएर हामी,जङ्गलमा त्रिपाल हालेर बसिरहेका छौ । पानी अझै घटिसकेको छैन । यस्तो अवस्थामा कसरी घर जान सक्छौ,’उनले भने ।
‘भजनी नगरपालिकाले कुनै चासो दिएको छैन,हामी सामुदायिक बनमा बसेका छौ यहाँ कुनै बस्था छैन,छाक टार्न नै समस्या भइसकेको छ । उनले थपे,हाम्रो लागी सामान्य खानेपानीको पनि व्यवस्था छैन । मेयर,उपमेयर लगायतका जनप्रतिनिधीहरुले बेवास्ता गरेका छन् ।’

बाढी लगत्तैका आठ दिन हुलाकी सडकमा बिताएपछि सामुदायिक वनछेउको खुला ठाउँमा त्रिपाल टाँगेर उनीहरू बसिरहेका छन् ।
खानेपानी, रासन, शौचालय अभावमा समस्या भोग्नुपरेको भजनी ३ का स्थानीय पूर्णराज जैशीले बताए । ‘स्थानीय तहले १५ दिनका लागि दिएको रासन,आफन्तसँग लिएको सरसापटले गुजारा चलाइरहेका छौ,उनले भने। रासन दिएको तिन साता बितीसकेको छ । सामान्य राहत सम्म केही पाएका छैनौ ।’

भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले समस्या समाधानका लागी पहल भइरहेको बताए । ‘तत्कालको मात्र नभई दीर्घकालीन रूपमै समस्या समाधानका लागी योजना बनाउँदै छौ । बिस्थापीतहरुलाइ राहत वितरण भइरहेको छ । बाढीले पु¥याएको क्षति विवरण संङ्कलन गर्दै छौ’,उनले भने । साउन १४ गते आएको अविरल वर्षापछिको बाढीले भजनी नगरपालिकाका हजारै घर डुबानमा छन् भने सयौँ परिवार विस्थापित भएका छन्। सडकमा पाल टाँगेर बास बसेका उनीहरू प्रदेश सरकार बाट राहत समेत उपलब्ध नगराइँदा भोक भोकै दिन काट्न बाध्य छन्।

आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.