धनगढी, ७ भदौ
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले थारु समुदायको धार्मिक तथा ऐतिहासिक पर्व अट्वारीको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका छन् ।

नगरप्रमुख वड र उप–प्रमुख भट्टले जारी गरेको शुभकामना सन्देशमा नेपाल बहुभाषा, वहुजाती, बहुसंस्कृती भएको देश हो । यस्ता चाडपर्वले आपसी सम्वन्ध र सद्भावलाई बलियो बनाउँछ भनिएको छ । धनगढी उपमहानगरपालिकाले सबै जातजाती, भाषा भाषीका चाडपर्वलाई समान प्राथमिता दिने गरेको सन्देशमा भनिएको छ ।
सन्देशमा अहिले कोरोना महामारीको संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निशेधाज्ञाको पालना गर्न र चाडपर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्दै घरभित्र मात्रै मनाउन आग्रह गरिएको छ ।
