धनगढी, ७ भदौ/कैलाली कञ्चनपुर लगयत पश्चिम नेपालका थारू समुदायले अज आट्वारी पर्व मनाउँदै छन्। शुत्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र भोलीपल्ट बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि खाने चलन छ।
रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालई चढाएर दिदीबहिनीका लागि ’अग्रासन’ (दिदी बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने परम्परा रहेको छ।
व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खान्छन् र आफ्ना दिदीबहिनीलाई फलफूल र रोटी मात्र खाने र दास्रो दिन बिहान भात९तरकारी पकाई भात तरकारीको अग्रासन दिन जान्छन्।
आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदी बहिनीका बीचमा स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ। थारु अगुवाका अनुसार अट्वारी पर्व मनाउने मुख्यकारण ऐतिहासिक घटनासँग जोडिएको छ।
दाङका थारुराजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्वन्धित छ। महाभारतका पाँच पाण्डवहरु र दाङका थारुराजा दंगिशरणवीचमा लामो समयदेखि राम्रो सम्वन्ध थियो। पाँच पाण्डव र दौपदी सवैजना सुर्खेतको काँक्रेविहारमा घुम्नेबेला दाङका थारुराजा दंगिशरणको राज्यमा शत्रुहरुलाई आक्रमण गर्नलागेको खवर थाहा पाएपछि तावाम पकाउदै गरेको रोटी छोडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानी समेत नखाई राजा दंगिसरणको पक्षमा लडेका थिए।
भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएका थिए। त्यहि विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउदै आएका छन्। भीमजस्तै बलियो हुनको लागि पानी समेत केहि नखाई थारु समुदायले अट्वारी पर्व मनाउँदै आएका छन्।
संयोगबस उक्त घटना आइवारको दिन परेकोले थारु समुदायले आइवारको दिन अट्वारी मनाउने गर्दछन। अट्वारी पर्व तराईका दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायहरुले प्रायः मनाउँछन्।