धनगढी, ६ भदौ/ सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहसचिव कृष्णबहादुर राउत एसइडिपी तालिम बहिष्कार गरिरहेका छन् । ०३४ सालमा उदयपुरको गाइघाटमा जन्मिएका राउतले पनि बस्नेतले जस्तै ०६७ मै खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका थिए । ०५९ मा अधिकृत बनेका राउत त्यसको करिब ८ वर्षमा सहसचिव भए । उनी सहसचिव भएको १० वर्ष भइसक्यो । तर, ढिलोमा पाँच वर्षभित्र लिइसक्नु पर्ने एसइडिपी तालिममा उनी अहिलेसम्म सहभागी भएका छैनन् ।
उनले एसइडिपी तालिम लिएका हुन्थे भने यसबेला सचिव (विशिष्ठ श्रेणी) को अगुवा उम्मेदवार भइसक्ने थिए । विष्णुप्रसाद नेपाल, मधुकुमार मरासिनी, मानबहादुर बिके, वीरबहादुर राईलगायत उनका ‘व्याजी’ सचिव भइसके पनि उनी एसइडिपी तालिम नलिएकै कारण सहसचिव मै छन् ।
जानकारहरुका अनुसार रावतले तालिम बहिष्कार गर्नुको मुख्य कारण दुईवटा छन् । पहिलो, लामो समयसम्म जागिर खाइरहनु अर्थात् राज्यको सेवा सुविधा दोहन गरिरहनु । दोस्रो, समयमै एसइडिपी तालिम लिएर वरियताक्रम अनुसार छिट्टै सचिवमा पदोन्नति हुँदा उनीहरु पेन्सन सुविधाबाट बञ्चित हुन्छन् । किनभने निजामती सेवामा पेन्सन पाक्न २० वर्ष सेवा गरेको हुनुपर्छ । समयमै एसइडिपी तालिम लिएर रोलक्रम अनुसार सचिव भए उनीहरुको सेवा अवधी २० वर्ष पुग्दैनथ्यो ।
लामो समयसम्म जागिर खाइरहने र पेन्सल पाउने नियतका कारण उनले आफुभन्दा कनिष्ठहरु सचिव भइसक्दा समेत सहसचिवकै जिम्मेवारीमा रमाइरहेका छन । रावतले आफुभन्दा कनिष्ठहरु सचिव भएर उनीहरुको निर्देशनमा काम गर्नु पर्दासमेत जागिर र पेन्सनमात्र हेरे बसेका छन् ।
सहसचिव भएको १० वर्षसम्म एसइडिपी तालिम नलिएका राउत अब छिट्टै उक्त तालिम लिने तयारीमा रहेको बताउँछन् ।
सुदूरपश्चिम सरकारका सहसचिव, जसले बढुवा हुन बहिष्कार गरिरहेका छन्
सुदूरपश्चिम सरकारका सहसचिव, जसले बढुवा हुन बहिष्कार गरिरहेका छन्
" लामो समयसम्म जागिर खाइरहन अर्थात् राज्यको सेवा सुविधा दोहन गरिरहने नियतले सहसचिव कृष्णबहादुर राउतले बढुवा हुन बहिष्कार गरिरहेका छन् । "