• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाढीपीडितले बनाए जंगलमै घरटहरा

भजनी ६ भाद्र- कैलालीका भजनी नगरपालिकाका पाँच सयभन्दा बढी बाढी पीडित परिवार यति बेला मोहन्याल सामुदायिक वनको ऐलानी जग्गामा बसिरहेका छन् । उनीहरू साउन १४ गतेको बाढीले विस्थापित भएका हुन् । अझै घर फर्कने अवस्था नभएकाले जंगलको बास भएको उनीहरूले बताएका छन् ।

‘आकासमा कालो बादल मडारिरहेकै छ,’ बाढी पीडित खेमराज काफ्लेले भने, ‘हुलाकी सडक समेत सुरक्षित नभएकाले यो ठाउँ रोजेका हौं ।’ उनका अनुसार कसैको घर पूरै भत्केको छ । कसैको आंशिक भए पनि बस्न लायक छैन । ‘थोरै वर्षा भयो भने पनि बाढी आउने डर छ,’ उनले भने, ‘कुनै बेला पनि जीउज्यान जोगाउन फेरि हुलाकी सडकमा आउनुपर्ने अवस्था छ ।’ बाढी लगत्तैका आठ दिन हुलाकी सडकमा बिताएपछि यहाँ आएको उनले बताए ।

काफ्लेका अनुसार वडा नम्बर ८ कृष्णनगर, काडाढिक, बरचौड, खल्लागाउँका १ सय ६५, वडा नम्बर ३ दैलेखटोल, कुसुमघाट, बर्दुवाका १ सय १५, वडा नम्बर ५ कौवाखेडा, कालापत्थरका २ सय ५०, वडा नम्बर १ नमाबस्ती पदुवाफाटाका २० र वडा नम्वर ७ चर्रा ३५ परिवार विस्थापित छन् । सामुदायिक वनछेउको खुला ठाउँमा त्रिपाल टाँगेर दस दिनदेखि बसिरहेको उनले बताए ।

विस्थापितहरूले खानेपानी, रासन, शौचालय अभावमा समस्या भोग्नुपरेको वडा नम्बर ३ की सदस्य समेत रहेकी जयसरा कामीले बताइन् । उनका अनुसार स्थानीय तहले १५ दिनका लागि दिएको रासन, आफन्तसँग लिएको सरसापटले गुजारा भइरहेको छ । ‘हाम्रो पीडा–व्यथा नबुझेर केहीले जंगल कब्जा गर्न बसेका हुन् भन्ने आरोप लगाउन थालेका छन्,’ उनले भनिन्, ‘ज्यान जोगाउन आएका हौं । घरछेउ खोला आइसकेको छ । बर्खा हटेको छैन । कुनै पनि बेला फेरि बाढी आउन सक्छ ।’ उनले सरकारसँग डुबान समस्याको स्थायी समाधानको माग गरेकी छन् ।

अर्का बाढीपीडित वडा नम्बर ८ का भोजबहादुर कामीले हुलाकी सडकले आवतजावत सजिलो पारे पनि यसले डुबान समस्या बढाएको छ । ‘हुलाकी सडक निर्माणअघि बाढी बस्ती र खेतमा पसे पनि फराकिलो भएर बग्थ्र्यो,’ उनले भने, ‘तर अहिले सडक चेकड्याम जस्तो भएकाले नदी स्वाभाविक रूपमा बग्न पाएको छैन । पूर्वतिर रानी जमराको नहरले पनि डुबानको समस्या बढाएको छ ।’ उनका अनुसार सो बस्तीलाई स्थानीय कान्द्रा, काडा, मोहना र पथरिया नदीको बाढीले प्रभावित गर्ने गरेको छ ।

भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले केही परिवार बाढीबाट विस्थापित भएर जंगल छेउमा बसेको बताए । तर, मोहन्याल सामुदायिक वनमा बसेकाहरु सबै बाढी पीडित नभएको उनको भनाइ छ । ‘वास्तविक विस्थापितको समस्या बुझिनेछ,’ उनले भने, ‘घर फर्कन नसकेका बाढी पीडितलाई राहत पनि दिएका छौं ।’

शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.