कैलाली, ५ भदौ/ बझाङको बुगंल नगरपालिकाले पहिरोमा परी मृत्यु भएका परिवारलाई डेढ लाख राहत दिने भएको छ । बुधबार राति नगरपालिका–५ मिडिमा पहिरो खस्दा दुई बालकको ज्यान गएको थियो । स्थानिय १४ वर्षीय सचिन ताम्राकार र ३ वर्षीय बालक सुदीप ओखेडाको माथिबाट आएको पहिरोले पुरीएर ज्यान गएको थियो । पहिरोमा पुरिँदा सचिनकी ४० वर्षीया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी दिदि सुनिता, १२ वर्षकी सन्तोषी ताम्राकार र १६ वर्षका दाई अनिल ताम्राकार घाइते भएका थिए । पहिराले उनको घर पुर्ण रुपमा क्षती भएको थियो ।
नगरपालिकाले घर निमार्णको लागी दुई लाख ५० हजार र घर व्यवस्थापनको लागी ४० हजार दिएको नगर प्रमुख धन बहादुर बिष्टले जानकारी दिए । उनले घाईतेहरुको उपचार गरेर घर फर्किसकेको जानकारी दिए । मिडि क्षेत्र पहिरोको उच्च जोखीममा रहेकोले पहिरो नियन्त्रणका लागि सडक खण्डमा ग्याविन हाल्ने तयारी भईरहेको उनले बताए ।