धनगढी, ५ भदौं । कैलालीमा निषेधाज्ञा शुरु भएपछि अस्थायी सदरमुकाम धनगढी लगायतका बजारहरु सुनसान भएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लक डाउन उल्लंघन गर्नेलाई पाँच सय जरिवाना र एक महिना कैद गरिने बताएका छन् ।
बजार, कलकारखाना, उद्योगधन्दा बन्द भएका छन् । अटो रिक्सा समेत बन्द भएको छ । कोरोना संक्रमण फैलिन थालेपछि संक्रमण फैलिएका जिल्लामा सरकारले निषेधाज्ञा घोषणा गरेको छ ।
बजारमा प्रहरीले कडाई समेत गरिरहेको छ । ठाउँ ठाउँमा ट्राफिक र नेपाल प्रहरीको उपस्थिति रहेको छ । सञ्चालनमा आएका सवारी साधनलाई प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरिरहेको छ ।
