धनगढी, ४ भदौ- होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिका क्षेत्रमा क्वारिन्टीन र होल्डीङ्गमा रहेका कोरोना भाइरसबाट संक्रमितका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संक्रमित व्यक्तिहरुलाई खाद्यान्न अभाव हुन नदिन र सरसफाइमा सहयोग पुर्याउन बिहीबार धनगढी उपमहानगरपालिकामार्फत खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको हो । धनगढी उप–महानगरपालिका १५ मा स्थापना गरिएको सेन्टरका लागि मसिनो चामल ७० किलो, दाल क्रमस मास, अररको गरी २ किलो, मटर २ किलो, चना १ किलो, तेल , नुन र अन्डा हस्तान्तरण गरेको छ ।
त्यसैगरी कोरोना किट २५ वटा, मञ्छर झुल २५ वटा सहयोग गरेको छ । त्यसैगरी वडा नं १८ मा रहेको केन्द्रमा ३० किलो मसिनो चामल, दाल, मटर, तेल नुन सहयोग गरेको छ भने कोरोना किट १२ र मञ्छर झुल १२ सहयोग गरेको छ । संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई सेन्टरमै पुगेर सामाग्री हस्तान्तरण गरेका हुन ।
सामाग्री बुझ्दै नगर प्रमुख वडले संस्थाको सहयोगले व्यवस्थापनमा सहयोग पुगेको बताए । उनले संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे ।
