धनगढी, ४ भदौ/ कैलालीको घोडाघोडी नगरपालिकामा ३ कर्मचारी सहित १० जनामा कारोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा १० जनामा संक्रमण देखिएको हो ।
राष्ट्रिय कलेज सुखडबाट ८८ जना र वडा नम्बर ६ बाट ४३ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको थियो । ती मध्ये १० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिएका छन ।
घोडाघोडी नगरपालिकाका तीन कर्मचारी सहित १० जनामा कोरोना
घोडाघोडी नगरपालिकाका तीन कर्मचारी सहित १० जनामा कोरोना