धनगढी, ४ भदौ- धनगढी उप–महानगरपालिका वडा नं १२ को नवनिर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट र वडा नं १२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।
७ कोठे वडा कार्यालय भवनको २०७६ साल बैशाखमा एक बर्षभित्रै सम्पन्न गर्ने गरी नगरप्रमुख वडले शिलन्यास गरेका थिए । वडा कार्यालयको निर्माण निर्धारीत समयमै सम्पन्न भएको छ । भवनको लागत मुल्य अभिवृद्धी कर सहित ८४ लाख २५ हजार ५ सय ८ रहेको बताईएको छ ।

नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । ‘वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन’ नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।’ केहि दिन भित्रै वडा नं ७ र वडा नं ३ को वडा कार्यालय निर्माणका लागि टेन्डर प्रकृया अगाडी बढाउने नगरप्रमुख वडले बताए ।

‘यो वडा कार्यालय मात्र होईन वडा बासीको सम्पती पनि हो’ नगरप्रमुख वडले भने, यसको संरक्षण गर्ने काम पनि वडाबासीको नै हो ।’ वडा समिति र वडाबासीको सहयोग र समन्वयका कारण समयमै निर्माण कार्य सम्पन्न हुन सकेको नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सेवाग्रही मैत्री भएको बताईन । ‘धनगढी उप–महानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ, उप–प्रमुख भट्टले भनिन्, वडा ब्यबस्थीत नभएसम्म उप–महानगरपालिका ब्यबस्थीत हुन सक्दैन ।’
धनगढी उप–महानगरपालिका वडा नं १२ का पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता नारायण दत्त भट्टले स्थानीय सरकार बाहेक प्रदेश सरकार र संघ सरकारले जनतालाई सजिलो हुने किसिमका काम गर्न नसकेको बताए । उनले भने, वडा कार्यालय निर्माण भएको छ अव काम गर्न सजिलो हुने छ । वडा नं १२ का वडा अध्यक्ष गणेश प्रसाद जोशीले बिहीबार बाट नै नयाँ भवनबाट काम सुरु गरेको बताए । ‘सुरुमा एउटा साघुरो घरमा वडा कार्यालय संचालन गरेका थियौं वडा अध्यक्ष जोशीले भने, अव ब्यबस्थीतक भवनबाट काम सुरु भएको छ ।’