काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले निम्याएको घटनाले आफूलाई स्तब्ध बनाको बताएका छन् ।
मंगलवार राति परेको अविरल वर्षाका कारण कैलाश खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको छन् भने दर्जनौं परिवार विस्थापित भएका छन् ।
उक्त घटनाबारे बुधबार साझा अध्यक्ष प्रचण्डले सामाजिक सञ्चालमा लेखेका छन्,मंगलवार राति परेको अविरल वर्षाका कारण अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त दुखद् घटनामा निधन हुनुभएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
बाढीमा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न स्थानीय जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकाय, स्वयम्सेवी लगायत सबैमा उनले आव्हान गरे ।मृतक, बेपत्ता र बाढीबाट विस्थापित परिवारजनको उचित क्षतिपूर्ति र व्यवस्थापनको निम्ति पहल गर्न अध्यक्ष प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् ।
कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको छ । मंगलबार आएको बाढीपछि दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।