काठ्माडौं, ३ भदौ/ राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा उनको जन्मभूमि मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। आफ्नो गाउँपालिकामा जन्मनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ।
आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा तथा स्वास्थ्य चौकी बाहेक सबैमा सार्वजनिक बिदा दिएको हो।
राष्ट्रकवि घिमिरे लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा १९७६ असोज ७ गते जन्मिएका थिए। घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार निधन भएको थियो।
राष्ट्रकवि घिमिरेको निधनमा सार्वजनिक बिदा
राष्ट्रकवि घिमिरेको निधनमा सार्वजनिक बिदा