धनगढी, २ भदौ/ नेपाल सरकारले अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारी बढ्दै गएका बेला मंगलबार गृहमन्त्री रामबहादुर थापासँगै बाजुरा पुगेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उक्त निर्देशनको अवज्ञा गर्दै मास्त हातमा समातेका छन् ।
उनी गृहमन्त्रीको टोलीसँगै बाजुराको बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरणका लागि गएका थिए। तर कानुनमन्त्रीले सरकारी नियम लागू गरेको देखिएन। यसरी सरकारीकै प्रतिनिधिबाट नियमको उंल्लघन हुँदा मन्त्री शाहको अहिले आलोचना भइरहेको छ।

