धनगढी, २ भदौ/ बाजुरा जिल्लाको गौमुल गाउँपालिका–१ मा पुगेर गृह मन्त्री राम बहादुर थापा लगायतको टोलीले बाढि र पहिरो पिडितहरूलाइ राहत साम्रगी बितरण गरेको छ । लगातारको बर्षाका कारण बाजुराका बाढी पहिरा प्रभाबित क्षेत्रको अनुगनका साथै राहत साम्रगी ल्याएर बाजुरा पुगेका हुन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली बाजुरा पुगेको हो ।
साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएर बिस्तापी हरूको अध्यायन गर्नुको साथै राहत साम्रगी सहितको हेलिकप्टरमा राहत साम्रगी ल्याएर बाजुरा पुगेका हुन ।
टोलीमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका दुईजना सल्लाहाकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह सहितको टोली रहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिएका छन ।