काठमाडौं २, भदौ/ नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मृतकको संख्या १ सय १४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु भएको छ ।
