बैतडी, २ भदौ/ बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव परिवारजनले बुझेका छैनन्। हिजो (सोमबार) जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावड खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
मृतकका आफन्तहरुले २० लाख क्षतिपूर्तीको माग राखेका वडाअध्यक्ष रनबहादुर बोहराले जानकारी दिए। क्षतिपूर्ती नदिँदासम्म शव नउठाउने उनीहरुले अडान लिएको वडाअध्यक्षले बताए। मृतकका आफन्तहरुले क्षतिपूर्ती माग गरेपछि मंगलबार निर्माण व्यवसायी र मृतकका आफन्तहरुबीच छलफल हुने बताइएको छ। खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो दुवै जनाको ज्यान गएको थियो।