धनगढी, २ भदौ/ गृहमन्त्री रामबहादुर थापा सहितको टोली बाजुरा पुगेको छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा आएको बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितको टोली बाजुरा पुगेको हो ।
गृहमन्त्री नेतृत्वको टोलि सुर्खेत हुंदै बाजुरा तर्फ प्रस्थान गरेको हो । टोलीले गौमुल गाउंपालिकाको सिम सिम, बडीमालिकाको घाघर, बुढीगंगाको सेरा र पुर्विउत्तरि क्षेत्र पिलुचौर लगायतका ठाउँमा स्थलगत अनुगमन गर्ने बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरैले बताएका छन् ।
यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रको अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा आउने भनिएको भएपनि प्रतिकुल मौषमका कारण गृहमन्त्री सहितको टोली बाजुरा आउने कार्यक्रम स्थगित भएको थियो ।
मंंगलबार गृहमन्त्री सहितको टोलीमा बाजुराबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा, सुदूरपश्चिमका गृहमन्त्री प्रकाश शाह, पुर्व उद्योमन्त्री कर्ण बहादुर थापा लगायतका नेताहरू बाजुरा आईपुगेको बाजुराका प्रजिअ गैरेले बताएका छन् ।
गृहमन्त्री थापासहितको टोली बाजुरा पुग्यो
गृहमन्त्री थापासहितको टोली बाजुरा पुग्यो