काठमाण्डौ २ भाद्र- प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।नेकपा सचिवालय बैठक सकिएपछि अध्यक्षद्वयलाई भेट्ट सभापति देउवा रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
तीन नेताबीच विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति लगायतका विषयमा छलफल भएको छ।