दार्चुला, १ भदौ/दार्चुलाका जीप सञ्चालकहरुले यात्रुबाट चर्को भाडा लिदै आएको गुनासो आएको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेसंगै जिल्लाभित्र सञ्चालनमा रहेका जिपहरुले यात्रुबाट बढी भाडामा अशुल गर्ने गरेको गुनासो आएको छ ।
जीपहरुले गोकुलेस्वर देखी महाकाली लोकमार्ग अन्तर्गत पनेबाज सम्म २६ किलोमिटर को ३ सयदेखि यात्रु हेरेर ५ सयसम्म लिने गरेको स्थानीयले गुनासो गरेका छन् ।
त्यस्तै गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम ७१ किलोमिटरको दुरीमा पर्छ ७१ किलोमीटर को भाडा प्रति व्यक्ति एक हजार भाडामा लिने गरिएको छ । जिपहरुले कोरोना माहामारीका बेला तेब्वर भाडा असुल्दै गरेको स्थानीयले बताए ।
जीप सञ्चालकले भाडा वृद्धि गरी तेब्बर पु¥याएको र कोराना माहामारीमा प्रशासनले जीपमा तीन जना भन्दा बढी यात्रु नबोक्ने भने पनि नियमको उलङ्घन गरि १० जना भन्दा बढी बोक्ने गरेको यो बिसयमा दार्चुला प्रशासनलाई पटक पटक मौखिक रुपमा भने पनि प्रशासन मौन रहेको स्थानीयले गुनासो गरेका छन् ।
सरकारले तोकेकै आधारमा मान्छे राख्नु पर्ने तथा भाडामा सोही आधारमै लिनु पर्ने स्थानियको माग छ । जिप सञ्चालकहरुले भाडा दर लिस्ट गाडीमा राख्नु पर्ने समेत स्थानियले माग गरेका छन् ।