धनगढी, ३२ साउन/अछाममा खोलाले बगाएर ४ जनाको मृत्यु भएको छ। अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका ४ जनाको मृत्यु भएको अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्र सिहं थापाले बताए।
खोला तर्ने क्रममा पन्चदेवल विनायक नगरपालिका –९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र ७ वर्षीय छोरा हेमन्त बोहरा रहेका उनले जानकारी दिए।
शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जानको लागि खोला तर्ने क्रममा एकै परिवारका चार जनाको खोलामा बगेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख डियसपी ओलियाका अनुसार मालकोटको उच्छवबाट दिदीलाई भेट्न जान लागेका उनीहरुलाई दुदुली खोलाले बगाएको थियो । उनीहरु सबैको शव फेला परिसकेको छ । भारी वर्षासँ्रगै खोलामा पानीको बहाव बढेकाले जगार तर्दा उनीहरु बगेका हुन् ।