• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लकडाउनले हरेक दिन १५ सयको श्रम अबधि सकिदैँ, १६ लाख स्वदेश फर्कने अनुमान

काठमाण्डौ ३२ साउन- कोरोना भाइरस ९कोभिड–१९० का कारण रोजगार गुमाएका, श्रम अबधि सकिएका तथा अध्ययन लगायतका लागि विदेश गएका करिब १६ हजार नेपाली स्वदेश फर्कने अनुमान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकारको विषयमा गरेको अध्ययन प्रतिवेदन अनुसार विभिन्न प्रयोजनका लागि विदेशमा भएका २८ हजार नेपालीमध्ये कोरोनाका कारण १६ हजार नेपाली स्वदेश फर्कने अनुमान गरिएको हो ।

प्रतिवेदन अनुसार श्रम स्वीकृति तथा करार अवधि समाप्त भएर विदेशमा रोकिएका ३५ हजार, नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तर कोरोनाका कारण रोजगारी गुमाएका ३ लाख, पुनः श्रम स्वीकृति लिई गएका तर रोजगारी गुमाएका ५ लाख, भिजिट भिसामा गएर समस्यामा परेका १० हजार, श्रम स्वीकृति र करारको म्याद समाप्त भएका तथा आममाफीमा परेकाहरु २५ हजार तथा स्वइच्छाले रोजगारी छाडी स्वदेश फर्कने चाहने २० हजार गरी जम्मा ८ लाख ९० हजार नेपाल स्वदेश फर्कने अनुमान गरिएको हो ।

यसैगरी अध्ययन तथा विभिन्न प्रयोजनका लागि विदेशमा बसोबार गरेका ७ लाख गरी १५ लाख ९० हजार नेपाली स्वदेश फर्कन चाहने अनुमान गरिएको हो ।

हरेक दिन १५ सयको अबधि सकिदैँ

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीका कारण प्रतिदिन प्रन्ध सय नेपालीको श्रम अवधि सकिएको छ । लामो सयमदेखि गरिएको बन्दाबन्दीका कारण वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका नेपाली श्रमिकहरुले श्रम स्वीकृति थप गर्न पाएका छैनन् ।

गत चैत ११ गतेदेखी असार मसान्तसम्म एक लाख ७२ हजार ५ सय नेपाली श्रमिकको श्रम स्वीकृतिको अवधि समाप्त भएका छन् । अध्ययन प्रतिवेदनअनुसार खाडी मुलुकमा १ लाख ३९ हजार १ सय ५० नेपाली श्रमिकको श्रम स्वीकृतिको समय सकिएको छ भने मलेसियामा २२ हजार ४ सय २५ र अन्य मुलुकमा १० हजार ९ सय २५ श्रमिकको श्रमको अवधि सकिएको छ ।

२८ लाख नेपाली विदेशमा

मानवअधिकार आयोगको अध्ययन प्रतिवदेन अनुसार आर्थिक वर्ष २०७४र०७५ मा श्रमस्वीकृति लिएर विदेश गएका तथ्यांकको आधारमा २८ लाख १२ हजार २८९ नेपालीहरु विदेशमा रहेका छन् । जसमा सबैभन्दा धेरै ९ लाख ६९ हजार नेपाली रोजगारीको खोजिमा छिमेकी देश भारमा गएका छन् । विदेश गएका नेपालीमध्ये ३४ दशमलव ४६ प्रतिशत नेपाली भारमा छन् ।

भारतपछि मलेसियामा ४ लाख ६८ हजार, कतारमा ४ लाख ३६ हजार, साउदी अबरमा ३ लाख ५२ हजार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, जापान, वहराइन, अष्ट्रेलिया, ओमान, इजरायल, लेबनान लगायतका देशमा रहेका छन् ।

अन्तराष्ट्रिय उडान बन्द हुनुअघि नै टिकट लिएर उडानको मिति पर्खेर बसेका श्रमिक तथाच अन्य विभिन्न कारणले रोजगारी गुमाउन पुगेका तथा अध्ययन एवं व्यावसायिक प्रयोजनका लागि गएकाहरुको संख्या समेत जोड्ना तत्काल स्वदेश फर्कनु पर्ने नेपालीहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आयोगका सदस्य सुदीय पाठको संयोजकत्वमा अधययन प्रतिवेदन सार्वजकि गरिएको जनाईएको छ ।
साभार : बिजपाटीबाट

आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.