महेन्द्रनगर ३२ साउन- कञ्चनपुरको माहाकाली नगरपालिकामा सर्पले डसेर एक बालकको मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं ४ थलालटोलका ७ वर्षिय बालक आदेश बुढालाई राती सुतेको अवस्थामा सर्पले टोकेको बताईएको छ् ।
राती सुतेको अवस्थामा कानमा सर्पले टोकेको माहाकाली नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । उपचारकै क्रममा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा आदेश बुढाको मृत्यु भएको हो।