धनगढी,३१ साउन/ जेठ १३ गतेबाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख शर्मिला त्रिपाटी पन्तले पठाएको पत्र वाचन गरी सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्य गरेका हुन ।
जेठ १३ देखि यता ३२ बैठक बसी ८ विधेयक पास गरी अधिवेशन सकिएको प्रदेशसभा सचिवालय सचिव रामसिंह धामीले बताए ।
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य, ३२ बैठकबाट ८ विधेयक पारित
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य, ३२ बैठकबाट ८ विधेयक पारित